जीवन बीमा कम्पनीहरूको ५ महीनामा आम्दानी ६१ अर्बभन्दा बढी

  पुष २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । चालू आर्थिक वर्षको पाँच महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू ६१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यी कम्पनीले मङ्सिर महीनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमालेख विक्री गरी रू। ६१ अर्ब ७४ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो रकम गत आवको मङ्सिर महीनासम्मको तुलनामा ३ दशलमव ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले कुल रू ५९ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका थिए ।

चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले मङ्सिर महीनासम्ममा रू १६ अर्ब ७६ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू ७ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू ६ अर्ब ९२ करोड र हिमालयन लाइफ इन्स्योरेन्सले रू ६ अर्ब ७९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर