सहकारी ठगी छानबिन समितिको पहिलो बैठक : कार्यविधि बनाएर काम सुरु गरिने

  जेठ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,जेठ २३ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित विशेष संसदीय समितिले आज देखि काम थालेको छ ।

१५ जेठमा प्रतिनिधिसभा बैठकबाट छानबिन समिति गठन गरिएको थियो । बुधबार समितिको सचिवालय तयार भएपछि समितिले काम थालेको हो । अहिले समितिको पहिलो बैठक जारी छ । पहिलो बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी छन् । समितिले पहिलो कार्यविधि बनाएर काम सुरु गर्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर