फागुन मसान्तसम्म मूल्यवृद्धि दर घटेर ४.८२ प्रतिशत पुग्यो

  चैत २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २३ ।  चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुद्रास्फीति मूल्यवृद्धि दर ४.८२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म यसको दर दर ७.४४ प्रतिशतमा पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा २.६२ प्रतिशतले मुद्रास्फीति दर घटेको हो ।

चालू वर्षको समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर९खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर