मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात २.७३ अंकले घटेर २००४.०५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०९ प्रतिशतले घटेर ३५५.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
पाठकले सेयर बजारबाट आधि लगानीकर्ता पलायन भईसकेको र राष्ट्र बैंकमा गएर पैसा थुप्रिएको बताए ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज लघुवित्त समूहमा सर्वाधिक अर्थात २.३५ प्रतिशतको वृद्धि देखियो । यो दिन वित्त समूह ०.३२,होटल १.६७,निर्जीवन बीमा ०.२८ र व्यापार समूह ०.११ प्रतिशतले बढ्यो ।