सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार पुग्यो, चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड !

  चैत २२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ ।  सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । यसैक्रममा बिहीबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपियाँमा कारोबार महासंघले जनाएको छ । सुनचाँदी दुबैको मूल्य बढेर आज अर्को रेकर्ड कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर