मिडियाबाजी डटकम काठमाडौं,चैत्र २१ । आज ३५ प्रतिशतको बम्पर लाभांश घोषणा गरेको सूर्यज्योति लाइफको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २५ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख, गोर्खाज फाइनान्सको ११ करोड ७७ लाख,शिवम् सिमेन्टको ९ करोड ३ लाख र सोनापुर मिनरल्सको ५ करोड ९२ लाख बढीको सेयर कारोबार भएको छ ।
यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सकिंट लागेको छ । आज गुँरास लघुवित्त,विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयरमूलय क्रमशः १० ,९.९७ र ९.९१ प्रतिशतले बढेको छ । आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ४.४० प्रतिशतले घटेको छ ।
त्यस्तै मन्दाकिनी हाईड्रोको सेयरमूल्य ४.०८,बोटलर्स नेपाल तराईको ३.७६ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.५९ प्रतिशतले घट्यो ।