सुनको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  चैत २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र २० । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । सोमबार १ हजार ६०० रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले घटेको हो ।

सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ कारेबार भइरहेको छापावाला सुनको मूल्य मंगलबार १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २५६ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर