बेलायतमा भएको आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु !

  माघ १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १९ ।  स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन् । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ ।

शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन् ।

आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको थियो ।

नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर