गृहमन्त्री नदिने अडानमा प्रचण्ड, नपाए सरकार छोड्ने रविको चेतावनी

  माघ १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारबाट फर्किएका छन्। मंगलबार बिहान भेट गरी उनी फर्किएका हुन् । बालुवाटार स्रोतका प्रधानमन्त्रीसँग लामिछानेले गृहमन्त्रालय मागेका थिए । तर प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएनन् । उनले प्रक्रिया पुरा नभएको भन्दै रविलाई गृहमन्त्रालय नदिने अडान राखेका छन् । स्रोतका अनुसार रविले गृह नपाए सरकारबाट बाहिरिने कडा चेतावनी पनि दिएका छन् । प्रचण्डले अर्को मन्त्रालय लिन आग्रह गरेपनि रविले गृह नै मागेका छन् ।

रविको नागरिकता सम्बन्धी विवादमा सर्वोच्चको फैसला पछि सांसद् पद, गृहमन्त्री पद र पार्टी सभापतिको पद गुमेको थियो । तर आइतबारै रविले नेपाली नागकिरता पुनः प्राप्ति गरिसकेका छन् । योसगै उनी पुनः गृहमा फर्कन चाहन्छन् । यसको लागि उनी दौडधुपमा छन् । उनको पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेस गरेको छ ।

रविको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन बाँकी नै छ । तर गैर सांसद् पनि ६ महिना मन्त्री हुन पाउने व्यवस्था अनुरुप रवि जसरी पनि गृहमा फर्कन खोजिरहेका छन् । उनको नागरिकता विवादमा फैसला भएपनि दोहोरो राहदानी बोकेको सम्बन्धमा अझै छानबिन बाँकी नै छ । भने सर्वोच्चको पुर्ण फैसला पनि आएको छैन यस्तोमा रविले तालुकदार मन्त्रालयमै पुनः बहालीको लागि आशक्ति देखाइरहेकोले आलोचित पनि बनिरहेका छन् । स्वार्थ बाँझिने मन्त्रालयमै रविको प्रवेश प्रयासले उनको चर्को आलोचना भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर