रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृतिमा लगाउने पक्राउ

  मङि्सर १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १३ । रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्। संखुवासभाको चिचिला गाउँपालिका-१ का ४३ वर्षीय दिनेश पौडेल रहेका छन्। 

काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित दिनेश पौडेल समेतले सञ्चालन गरेको नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले ३ जनाको उद्धार गरेको थियो। 

पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवस्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। 

तपाईंको प्रतिक्रिया

थप खबर