सुनको भाउ बढेको बढ्यै, तोलाको एक लाख १९ हजार ३०० पुग्यो

  मङि्सर १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १३ । नेपाली बजारमा सुनको भाउ आज एक हजार ६ सयले बढेको छ । तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर