नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षकविरूद्ध मुद्दा दर्ता

  असोज १२, २०८०

मिडियाबाजी काठमाडौँ, आश्विन १२ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको हो ।

आयोगले घोडाघोडी नगरपालिका २ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह शिक्षकमा कार्यरत शाहमाथि आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दाय गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न परेको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर गरेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर