धादिङको धुनिवेशी, थाक्रे, गल्छि लगायतका स्थानमा दिनभर बत्ति नआउने

  असार १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार १४ ।   धादिङको धुनिवेशी नगरपालिका , थाक्रे गाउपालिका , गल्छि गाउपालिका र चन्द्रागिरीका विभिन्न क्षेत्रमा आज विहिबार विद्युत अवरुद्द हुने भएको छ । मातातिर्थ नौविसे ३३ केभि प्रसारण लाईन सटडाउन गरि काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले सुचना जारि गरि जानकारी गराएको छ ।

धार्के प्रशााखाका अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्बर ३ देखी ९ सम्म, थाक्रे गाउँपालिकाको वडा नम्बर १ देखी १० सम्म, गल्छि गाउँपालिकाको वडा नम्बर ८ र चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ स्थित मसिनेमा विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म विद्युत अवरुद्द हुनेछ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै लाईन सुचारु हुने धार्के प्रशााखाले सुचना मार्फत जानकारी दीएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर