‘मुलुकलाई अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भयो’ : महासचिव पोखरेल

  माघ १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने प्रयास भइरहेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको आदेशबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उनको यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उनले मुलुकमा देखापरेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन एमाले दृढ सङ्कल्पित रहेको समेत बताए ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा देखापरेको पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने दाबी गरे ।

उनले भने, ‘‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ । अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेल भइरहेका छन् । नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ। सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ सङ्कल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’’

तपाईंको प्रतिक्रिया

थप खबर