मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद डिपी अर्यालले पाएका छन् । सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता डा मुकुल ढकालले बताए ।
बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो । बैठकमा रवि लामिछाने उपस्थित थिएनन् । नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो ।