मुगुमा एकै परिवारका चार जनाको हत्या

  कार्तिक १०, २०८०

मिडियाबाजी डटकम कार्तिक १०, काठमाडौं। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-६, मा एकै परिवारका ४ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।घटना करिब दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।‘परिवारका एक सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसैक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, थापाले मिडियाबाजीसँग भने, ‘शुक्रबार बिहान करिब पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका हौँ ।’प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए । ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’, थापा भन्छन् । प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहेका छन् । हत्या कसले किन गरेको हो थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर