मिडियाबाजी डटकम काठमाडौं ,चैत १३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ। सभामुखको अधिकारमा अंकुश लगाउन खोजिएको भन्दै पछिल्लो समय आलोचनासमेत भइरहेको छ।