गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश

  माघ १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १३ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको हो ।

आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने भन्नेबारे छलफल भइरहेको छ । अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर