‘एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागे’ : धर्मेन्द्र बास्तोला

  बैशाख १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १३ ।  नेकपा बहुमत संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् ।

बुधबार काठमाडौंमा प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए । उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको धारणा राखे । उनले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखिएको र जनतामा बितृष्णा पैदा भएको उल्लेख गरे ।

लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पु¥याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर