सर्लाहीमा शसस्त्र प्रहरीद्वारा १ सय ८८ किलो गाँजा बरामद

  चैत १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,चैत १२। सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी ९०० ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) पुरुषोत्तम थापाले जानकारी दिएका छन् । मलंगवा नगरपालिका–११ गम्हरीया स्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको हो ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि कारोबारीहरू गाँजा छाडेर भागेका थिए । बरामद गाँजा सशस्त्र प्रहरीको गणमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर