मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सरेको छ । आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।
पार्टीको स्थायी कमिटीका एक सदस्यका अनुसार उक्त बैठकमा डा।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलगायतका दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।