सिरहाबाट नक्कली प्रहरी पक्राउ, पेस्तोल देखाइ रकम असुलेको आरोप

  भदौ ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र ८ ।   सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याई रहेकोे अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाके जनाएको छ।

व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर