साफीका चारै दाजुभाईले पाए नेपाली नागरिकता

  असार १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं १० असार, जनकपुरधाम । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइहरूले नागरिकता प्राप्त गरेका छन् ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत इन्द्रजितका दाजु भाइबरूले जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजको नागरिकता पाएका हुन् ।धनुषाको गणेशमान चारनाथ नगरपालिका- ४ ,भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।उनी नागरिकता संघर्ष समितिका संयोजक भएर आन्दोलनरत थिए । ईन्द्रजित सिभिल इन्जिनियर हन् ।

बुबा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनीहरुले नागरिकता पाएका हुन् ।

नागरिकता पाएपछि ईन्द्रजितले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छ’, उनले भने ।आमा सोनावतीसँग चारछोराहरू नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।जेठो इन्द्रजित, माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर