वामदेव गौतम एकीकृत समाजवादीमा आउने

  माघ ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ११ । नेकपा एमालेबाट राजीनामा दिएपछि नेकपा एकता राष्ट्रिय अभियान पार्टीको संयोजक बनेका नेता वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउने प्रयास गरिएको छ ।

मंगलबार भएको भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गौतमलाई पार्टीमा आउन आग्रह गरेका थिए । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सो भेटवार्ता भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर