सौराहामा घटे पर्यटक, पाँच प्रतिशत मात्र होटल ‘बुकिङ’

  असोज ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असोज ७ । सौराहाका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’ को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको संख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबीसे र नारायणगढ–बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ । पोखराबाट आउनेका लागि मुग्लिन–पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ । जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको संख्या कम भएको उनको बुझाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर