मिडियाबाजी डटकम काठमाडौं, जेठ १० । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५८ अंकले बढेर ३७१.३१ विन्दुमा पुगेको छ ।
नेप्सेमा कूल २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेर हरियाली छाएको छ ।