नेपाल प्रहरीको नयाँ आईजीपीमा बसन्त कुँवरलाई नियुक्त गर्ने सरकारको निर्णय

  चैत १०, २०७९

मिडियाबाजी डटकम काठमाडौँ ,चैत १०। सरकारले नेपाल प्रहरीको नयाँ आईजीपीमा बसन्त कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

अर्घाखाँचीको सन्धिखर्कस्थित तुम्कोटमा जन्मेहुर्केका कुँवर नेपाल प्रहरीको सर्वोच्च पद (आईजीपी) नियुक्त भएका छन् ।२०२६ साल चैत १५ मा जन्मेका कुँवर प्रहरीभित्र ‘निडर’ स्वभावका अधिकृतको रूपमा चिनिन्छन् ।२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरमा ‘हाकिम शैली’ नदेखिएको उनी निकट प्रहरी अधिकारीहरू बताउँछन् ।

इन्स्पेक्टरबाट पास आउट हुँदा देखी प्रहरी उपरीक्षकसम्म ‘टप फाइभ’ मेरिटमा रहेका कुँवर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुँदा पछि परेका थिए । एसएसपीमा उनी १३ नम्बर बरीयतामा थिए । तर, डीआईजीमा बढुवा हुँदा उनले फड्को मारे । २०७९ असारमा कुँवर सहित १७ जना डीआईजीमा बढुवा भए ।

सो बढुवा सूचीमा कुँवर एक नम्बरमा बढुवा भएका हुन् । ।गण्डकी प्रदेशका पूर्व प्रमुख बाबुराम कुँवरका भाइ वसन्त प्रहरीमा ‘इमानदार’ छविको अधिकृतका रूपमा परिचित छन् । शुक्रबार आईजीपी नियुक्त भएका कुँवर आफ्नो ब्याचमा एक नम्बरका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर