मिडियाबाजी डटकम काठमाडौँ ,चैत १०। सिराहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो। इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।