मिडियाबाजी डटकम काठमाडौं, माघ १० । सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल रेशम चौधरीको रिहाइका लागि पहल थालेका छन् ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत नपुग्ने भएपछि रेशमको रिहाइका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । मुख्यमन्त्री रावलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरि रेशमको रिहाइको बारेमा कुराकानी गरेका छन् ।