राजस्थान जाँदै गरेको बस धादिङ गल्छिमा दुर्घटना, एकको मृत्यु, १९ जना घाइते

  असार ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ८ ।   भारतको राजस्थान जाँदै गरेको बस धादिङको गल्छी मोडमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो । गल्छी मोडमा एआर ०६ ई ७०३१ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर