मिडियाबाजी डटकम काठमाडौं, माघ ९ । बामगती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ११ वटा हुने सम्भावना छ । मन्त्रालयको संख्या घटाउन गठन गरेको कार्यदलले आज माघ ९ गते सोमबार ११ मन्त्रालयसहितको प्रतिवेदन बुझाउने तयारी रहेको छ ।
बागमती प्रदेशका प्रमुख सचिव एवं कार्यदलका संयोजक मुकुन्द निरौलाका अनुसार प्रदेशमा मन्त्रालयको संख्या कटौती गरेर ९ वा ११ हुने गरि प्रतिवेदन तयार पारेको जानकारी दिए ।