मिडियाबाजी डटकम काठमाडौं, मंसिर ६ । काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज हुँदैछ ।
रिटको सुनुवाई न्यायाधीस नहकुल सुवेदीको इजलासमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो मंसिर महिनाभर माइतीघर आसपाको क्षेत्रमा सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो ।
उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले मंगलबार रिट दायर गरेका हुन् ।