मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ

  मङि्सर ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर ६ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका दुई जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् ।

उनीहरु दुवैलाई गएराति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । उनीहरुमाथि मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजेको आरोप छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर