मिडियाबाजी डटकम काठमाडौं, असार ७ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो । समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा उनीहरुबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा पार्टी एकताको विषयमा पनि छलफल भएको बताइएको छ ।