संसद् भवनमा सर्वदलीय बैठक जारी

  माघ ०७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ७ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी रहेको छ । सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक संसद् भवनको शङ्कर हलमा जारी रहेको प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिए ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलो पटक बैठक बोलाएका हुन् । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर