मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ३ । मन्त्रालयले शुक्रबारदेखि जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ । चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत मंगलबारबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको थियो ।
खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको थियो । खाद्यले दसैंमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताएको छ ।