एनआरएनएको अध्यक्षमा डा. केसी विजयी

  कार्तिक ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ३ ।  गैरआवासीय नेपाली संघको अध्यक्षमा डा।बद्रि केसी निर्वाचित भएका छन् ।

काठमाडौंको सोल्टी होटलमा भएको मतदान र मतगठनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जापानका महेशकुमार श्रेष्ठलाई पराजित गर्दै डा।केसी विजेता घोषित भएका छन्। अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए ।

त्यसैगरी रोजिना प्रधान राई, डा निर्मल श्रेष्ठ, डा।हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन्। संघको महासचिवमा अमेरिकाका गौरी जोशीले जित हात पारे। उनका निकटतम प्रतिष्पर्धी अमेरिकाबाटै बुद्धि सुवेदी थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर