रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने

  माघ ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । रास्वपा संसदीय दलको बैठकले मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ । झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा थियो । गौतम प्रत्यक्षबाट निर्वाचित सांसद् हुन् । उनको चर्चा मन्त्रीमा पनि भएको थियो । यसअघि सभामुख पदमा बिहिबार एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर