मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । सभामुख देवराज घिमिरेले आफू सम्बद्ध पार्टी नेकपा एमालेको साधारण सदस्यताबाट अलग भएको घोषणा गरेका छन् । बिहिबार सभामुखमा निर्वाचित भएसँगै घिमिरेले राजनितिक दलसँगको आफ्नो आबद्धता त्यागेका हुन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै घिमिरेले सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्न नेकपा एमालेको पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनितिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएका छन् । सभामुख भएपछि राजनितिक आबद्धता त्याग्ने गरिन्छ ।