मिडियाबाजी डटकम काठमाडौं, असोज २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आएका सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सल्लाहकार सदस्य तथा बिभिन्न टास्कफोर्समा काम गर्दै आईसीसी सदस्य भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
शालिन स्वभावका दयानिधि निकै लोकप्रिय समेत छन् । उनको विचारलाई धेरैले निकै चासोका साथ लिएका पनि छन् । संस्थामा महत्वपूर्ण योगदान गर्दै आएका र थप योगदान गर्न सक्ने दयानिधि जस्तो ब्यक्तिहरूलाई सबैले साझा उम्मेदवारको रुपमा रोज्नुपर्ने पनि संस्थाका अग्रज तथा अभियन्ताहरू बताउँछन् ।