प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने

  बैशाख ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ६ ।  प्रतिनिधिसभाको बैठक यही वैशाख १२ गते मंगलबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

सो विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर