सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय राजदूतको भेटवार्ता

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । नवनिवयुक्त परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेटवार्ता गर्न नेपालका लागि भारतीय राजदूत सिंहदरबार पुगेका छन् । भेटघाटका लागि राजदूत मध्यान्ह १२ बजे परराष्ट्र मन्त्रालय पुगका थिए । राजदूत श्रीवास्तव मन्त्री पौडेलसँगको भेटपछि १ बजे सिंहदरबारबाट बाहिरिए । भेटमा दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि हिजो मन्त्री पौडेलसँग नेपालका लागि कतारका राजदूतले भेट गरेका थिए । राजदूत युसुफ विन महोम्मद अल हैल पनि मन्त्री राईसँग शिष्टाचार भेटवार्ताको निम्ति हिजो मध्यान्ह सिंहदरबार पुगेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर