कांग्रेस सांसद्ले गृहमन्त्रीलाइ भने,’हत्याका आरोपी यही छन्, मतदान गर्न पाउने र नपाउने निर्क्योल गर्नुस्’

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या अभियोग लागेका सांसद्ले मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै थप कारबाही अगाडि बढाउन माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै खतिवडाले हत्या आरोपी लक्ष्मी महतो कोइरीले आज हुने सभामुखको निर्वाचनमा भाग लिन पाउने नपाउने निक्र्यौल गरेर मात्र सदन अगाडी बढाउन आग्रह गरेका छन् ।

उनले भने, आज सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउनेरनपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु, खतिवडाले भने ।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गरिरहेका छन् यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि उनी उपस्थित थिए । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर