सांसद निधिले भने__’एमाले अध्यक्ष ओलीका कारण सङ्घीयता खतरामा छ’

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताएका छन् । सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्व उपसभापति समेत रहेका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै उनले भने, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ?’

तपाईंको प्रतिक्रिया

थप खबर