सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको आग्रह, विमान दुर्घटनाबारे रुलिङको माग !

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । नेपाली कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगिन गर्न माग गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका छन् ।

उनले भने, ‘सरकार सदनका प्रति उदाशीन, पीडित परिवारप्रति निरपेक्ष र जनताका प्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सभामुखमार्फत सरकारलाई रुलिङ गरियोस् । सरकारले त्यस विषयमा सदनलाई तत्काल जानकारी गरावस् । सरकारले सदनमार्फत् जनतालाई आश्वस्त पारोस् ।’

तपाईंको प्रतिक्रिया

थप खबर