प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रम’दयगत कुराकानी भएको पौडेलको सचिवालय स्रोतले दिएको जानकारी दिएको छ ।

प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो। सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो । तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

बुधबार कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताएका थिए । तर प्रचण्डले फोन नगरेपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर