मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । नेकपा एकीकृत समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए । कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।
सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुखमा भिड्दै छन् । घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् ।