मकवानपुरमा सवारीमा टाइम कार्ड लागू, नाकामा चेकजाँचमा कडाई

  कार्तिक ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, कार्तिक १ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाडपर्व लक्षित गरी टाइम कार्ड लागू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए । उनका अनुसार चुरियामाई– हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्य रुपमा टाइम कार्ड लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो ।

सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको छ भने टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियम बमोजिम कारबाही हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर