मिडियाबाजी डटकम काठमाडौं, असार ३ । शुक्रबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।