मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका छन् । आज प्रतिनिधि सभाको सभामुख निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गर्न कार्यतालिका रहेको र कांग्रेस प्रधानमन्त्री प्रचण्डको ‘ग्रीन सिंगन्ल’ नपाउँदा बिहानैदेखि अलमलमा परेको थियो ।
अहिले सभापति देउवालाई प्रधानमन्त्री प्रचण्डको फोन आएपछि सभामुख उम्मेदवारीका विषयमा ठोस निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बसेको छ । कांग्रेसले सभामुखको उम्मेदवारको बारेमा छलफल गर्न बिहान पदाधारी बैठक डाकेको थियोभने त्यसअघि सभापति देउवाले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।